कार दुर्घटनामा एकको मृत्यु, ५ जना घाइते
सर्लाही । सर्लाहीको लाबन्दीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कार चालक भारतको सितामढी जिल्लाको बयलडाबड धनुषी–२, का अन्दाजी २२ वर्षीय नवीन यादव रहेका छन् ।
पूर्वपश्चिम लोकमार्गस्थित लालबन्दी नगरपालिका–१७, स्थित कालिन्जोर पुल नजिकै भारतीय नम्बर प्लेट बिआर ०६ बिएम १५ ३७ नम्बरको कार दुर्घटनामा परेको थियो । दुर्घटना परेर गम्भीर घाइते भएका उनलाई तत्काल उद्धार गरी गडीमाई अस्पताल लालबन्दी पु¥याइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको हो ।
मृतक यादवको सव परीक्षणका लागि प्रादेशिक अस्पताल मलंगवामा लगिएको छ । यस्तै, सोही दुर्घटनामा परेर अन्य ५ जना घाइते भएका छन् । घाइते हुनेहरुमा कारमा सवार भारतको सितामढी जिल्लाको बयलडाबड धनुषी–२, का अतुल कुमार, उमेश भनिने दिव्यान्स यादव, प्रिन्सराज राजपुत, बजरंगी भनिने सौरव यादव र भारतको मुजलफ्फरपुर रामनगरका अजित यादव रहेका छन् ।
उनीहरुको पनि लालबन्दीस्थित गडीमाई अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको हो । तीब्र गतिमा रहेको कार अनियन्त्रित भई सडकबाट १० फिट तल गएर पल्टिएको थियो ।
