प्रचण्ड आज गृह जिल्ला जाँदै
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गृह जिल्ला चितवन जाँदैछन् । अध्यक्ष प्रचण्ड चितवनको राप्ती नगरपालिकामा निर्माण भएको हर्दी विद्युत सबस्टेसनको उद्घाटन गर्ने त्यसतर्फ प्रस्थान गर्ने भएका हुन् ।
यस्तै, उनले आज नै भरतपुर महानगरपालिकाको रिङरोडको पश्चिमखण्ड शिलान्यास र भरतपुर महानगरपालिका–२२, धनौजीमा कभर्टहल उद्घाटन गर्ने कायृक्रम रहेको छ ।
