हेटौंडामा बुधबारबाट खुल्ला नकआउट फुटबल प्रतियोगिता हुने

तु खबर संवाददाता
२०७८ चैत्र १५, मंगलवार ०९:४०

मकवानपुर । हेटौंडामा खुल्ला नकआउट ७ ‘ए’ साइड फुटबल प्रतियोगिता हुने भएको छ । नेपाल खेलकुद महासंघ जिल्ला कमिटी मकवानपुरको आयोजनामा बुधबारबाट हेटौंडामा फुटबल प्रतियोगिता हुने भएको हो ।

हेटौडा–४ स्थित हुप्रचौरमा हुने प्रतियोगितामा प्रथम हुने टिमले नगद ५० हजार रुपैयाँ, द्वितीय हुने टिमले नगद २५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेलकुद महासंघ मकवानपुरका अध्यक्ष सविन मोक्तानले जानकारी दिए । प्रतियोगिता शनिबारसम्म संचालन हुनेछ । महासंघको आयोजनामा चैत्र २४ गतेदेखि २६ गतेसम्म अन्तरपालिका भलिबल प्रतियोगिता संचालन हुने उनले बताए ।