प्रचण्ड र चिनियाँ विदेशमन्त्री यीबीच भेटवार्ता

तु खबर संवाददाता
२०७८ चैत्र १३, आईतवार १२:४९

मकवानपुर । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । नक्सालस्थित होटल मेरियटमा उनीहरुबीच भेटवार्ता भएको हो । प्रचण्ड चिनियाँ विदेशमन्त्रीलाई भेट्न आफैँ मेरियट होटल पुगेका थिए ।

प्रचण्डसँग भेट्नुअघि चिनियाँ विदेशमन्त्रीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका थिए । तीन दिने नेपाल भ्रमणमा आएका यीले यसअघि आइतरबा नै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए । ११ गते काठमाडौं आएका वाङ यी आजै स्वदेश फर्किंदैछन् ।