प्रणामी व्यवसायी संघ मकवानपुरको अध्यक्षमा पुडासैनी

तु खबर संवाददाता
२०७८ चैत्र १३, आईतवार ०८:२८

मकवानपुर । प्रणामी समुदायका युवाहरुको साझा संस्था प्रणामी व्यवसायी संघ मकवानपुरको अध्यक्षमा विनोद पुडासैनी चयन भएका छन् । संघको शनिवार हेटौंडामा भएको प्रथम जिल्ला अधिवेशनले पुडासैनीको संयोजकत्वमा १६ सदस्यीय कमिटी गठन गरेको हो ।

यस्तै, समितिको उपाध्यक्षमा प्रकाश वाग्ले र रमेश मुडवरी, सचिवमा सागर उप्रेती, कोषाध्यक्षमा भरिपूर्ण नेपाल, सहसचिवमा राजेश वाग्ले चयन भएका छन् । यसैगरी, सदस्यहरुमा क्रमशः लक्ष्मण गिरी, नवीन तिमल्सिना, अनिल सापकोटा, रमेश वाग्ले, सुमन लम्साल, पुरुषोतम फुयाँल, मिलन दंगाल, प्रकाश खनाल, श्याम नेपाल र अर्जुन ढकाल चयन भएको भएको संघका केन्द्रीय अध्यक्ष विष्णु वाग्लेले जानकारी दिए ।

बैठक निर्वाचन समितिका संयोजक कृष्ण प्रसाद घिमिरेको संयोजकत्वमा बसेको थियो । केही महिनाअघि संघको मकवानपुर शाखाको तदर्थ समिति गठन गरिएको थियो । हेटौंडामा मुख्य कार्यालय रहेको संघको चितवन, बारा, पर्सा रौतहट, सर्लाही गरी करिब एक दर्जन जिल्लामा शाखा विस्तार भइसकेको केन्द्रीय अध्यक्ष वाग्लेले बताए ।