तरुण दल हेटौंडा–२ को कार्यलय उद्घाटन

तु खबर संवाददाता
२०७८ चैत्र १३, आईतवार ०८:१८

मकवानपुर । नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दल हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ समितिको शनिवार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ पल्पसा रोडमा रहेको कार्यलयको नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले रिवन काटेर कार्यलयको उद्घाटन गरेका हुन ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सभापति लामाले आगामी स्थानीय निकाय निर्वाचनमा नेपाली कांग्रेसलाई जित दिलाउन तरुण युवाहरुको महत्वपूर्ण भूमिका रहने बताए । उनले तरुण दल नेपाली कांग्रेसको मेरुदण्ड रहेको उल्लेख गर्दै कांग्रेसका हरेक गतिविधिलाई गाउँगाउँ पुगेर जनताको माझ पुर्याउँने जिम्मेवारी लिन आग्रह गरे । सभापति लामाले नेपाली कांग्रेसको ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियानलाई सफल पार्न सबैले अपनत्व लिनुपर्नेमा जोड दिए ।

नेपाल तरुण दल वडा नम्वर २ का कार्यबाहक अध्यक्ष विकास ताम्राकारको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका पूर्व सभापति माइकल रामचन्द्र अर्याल, जिल्ला सचिव भिमसेन महत, सहसचिवद्वय इन्दिरा न्यौपाने र ताराचन्द्र बजगाई, पूर्व सभापति अशोक शाक्य, जिल्ला सदस्य इश्वर पण्डित, प्रभात दहाल, जिल्ला प्रतिनिधि हरिप्रसाद वाग्ले, हेटौंडा नगर सह–सचिव निगम श्रेष्ठ, २ नम्वर वडा सभापति भवशागर श्रेष्ठ, रबिन्द्र घिमिरेलगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।