मेयर कप रेपिड बुद्धिचालको उपाधि हेटौंडाका भण्डारीलाई
मकपवानपुर । हेटौंडा मेयर कप रेपिड बुद्धिचाल प्रतियोगिताको उपाधी फिडे मास्टर क्षितिज भण्डारीले हात पारेका छन् । प्रतियोगिताको सातौं तथा अन्तिम राउण्डमा काठमाडौंका पूर्वनेपाल च्याम्पियन मनिष हमालसँग बराबरी खेल्दै हेटौंडाका भण्डारीले उपाधि हाल पारेका हुन् ।
६ अंकका साथ विजयी भएका भण्डारीले नगद ५० हजार रुपैयाँ प्राप्त गरेका छन् । यसैगरी हेटौंडाकै कृष्ण थापा द्धितीय र झापाका प्रकाशचन्द्र नेपाल तृतीय भएका छन् । उनीहरुले क्रमशः २५ र १५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
प्रतियोगितामा चौथो भएका सुमन श्रेष्ठ र पाँचौ भएका मनिष हमालले क्रमशः नगद १०/१० हजार रुपैयाँ प्रँप्त गरेका छन् । रुपेश जैसवाल, राजन सुवेदी, श्रीकृष्ण श्रेष्ठ, सुस्रुत दाहाल, आषिश फुयाँल क्रमशः ६ देखि ११ औं स्थानमा रहे । उनीहरु सवैले समान ७÷७ हजार रुपैयाँ प्राप्त गरे ।
उनीहरुलाई बाग्मती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल तथा नेपाल खेलकुद महासंघ मकवानपुर अध्यक्ष सविन लामाले नगद तथा पुरस्कार वितरण गरेका थिए । महासंघ र बाग्मती प्रदेश बुद्धिचाल संघको आयोजनामा भएको प्रतियोगितामा ५४ जना खेलाडी सहभागी थिए ।
