हेटौंडामा श्रम बजार सर्वेक्षण सम्बन्धी अन्तरक्रिया

तु खबर संवाददाता
२०७८ चैत्र ११, शुक्रबार ०८:२४

मकवानपुर । हेटौंडामा बिहीबार एक दिवसीय श्रम बजार सर्वेक्षण सम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको छ । कार्यक्रम मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा भएको हो ।  संघका कार्यबाहक अध्यक्ष अनिल अग्रवालको अध्यक्षतामा भएको अन्तरक्रियामा कृषि, पर्यटन र निर्माण व्यवसायमा केन्द्रित रहेको थियो । सर्वेक्षणले नेपाल सरकारका सम्बन्धित निकायलाई समेत योजना तर्जुमा गर्न भावी दिनमा सहयोगी हुने विश्वास लिइएको छ ।

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेशका अध्यक्ष ताराप्रसाद पौडेल, उद्योग संघ मकवानपुरका वरिष्ठ उपाध्यक्ष बद्रीनाथ शर्मा, मकवानपुर होटल एशोसियसनका अध्यक्ष दिलिश गोविन्द जोशी, निवर्तमान अध्यक्ष शंकरलाल श्रेष्ठ, नेपाल घरेलु तथा साना उद्योग महासंघ मकवानपुका अध्यक्ष गणेशहरी उप्रेती, वरिष्ठ उपाध्यक्ष सुवर्णलाल श्रेष्ठ, मउवासंघका महासचिव दीपक उप्रेती, सि.एन.आई. ई.एल.एम.एस. एल.एम.आई. युनिटका कोअर्डिनेटर गुञ्जन खनाल, कार्यकारी सचिव तथा सर्भेको मकवानपुर जिल्लाका फिल्ड सुपरभाइजर पवन कार्की, फिल्ड रिसर्चरद्वय प्रभा बलम्पु र सौरभ तिमल्सिनाले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा मउवासंघका उपाध्यक्षद्वय प्रमोद सिंह रानाभाट, राजु अधिकारी, सहकोषाध्यक्ष निलम पाण्डे, कार्यसमिति सदस्य सितादेवी भेटवाल, मकवानपुर कुखुरा व्यवसायी संघका अध्यक्ष गोकुलनाथ पौडेललगायत विभिन्न संघका पदाधिकारी तथा पत्रकारको उपस्थिति रहेको थियो ।