मकवानपुरको भीमफेदीमा पृथ्वी चन्द्र अस्पताल भवनको शिलान्यास

तु खबर संवाददाता
२०७८ चैत्र १०, बिहीबार १६:१६

मकवानपुर । मकवानपुरको पुरानो सदरमुकाम भीमफेदीमा पृथ्वी चन्द अस्पताल (१५ शैया) भनवको शिलान्यास गरिएको छ । भीमफेदी गाउँपलिका वडा नम्वर ५ र ६ का १५ जना ज्येष्ठ नागरिकहरुले आज (बिहीबार) एक कार्यक्रमबीच संयुक्त रुपमा उक्त अस्पताल भवनको शिलान्यास गरेका हुन् ।

संघीय सरकार र भीमफेदी गाउँपालिकाको लगानीमा अस्पताल स्थापना हुन लागेको भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिए । करिब १२ करोड रुपैयाँको लागतमा अस्पताल भवनको निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको उनले बताए ।

स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्डअनुसार अस्पताल निर्माण गरी उक्त भवन भूकम्प प्रतिरोधि, लिफ्ट, एक्सरे, शल्यक्रिया र इमर्जेन्सी सेवासहित बालमैत्री, अपाङ्गमैत्री हुने बताइएको छ । शिलान्यास कार्यक्रम गाउँपालिकाका अध्यक्ष लामाको सभाध्यक्षतामा भएको हो ।