तीनै तहको निर्वाचनमा कांग्रेससँग गठबन्धन हुने प्रचण्डको दावी

तु खबर संवाददाता
२०७८ चैत्र १०, बिहीबार ०९:५४
file-photo

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी तीनै तहको निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन हुने दावी गरेका छन् । आज (बिहीबार) गृह जिल्ला चितवन पुगेका उनले पत्रकारहरुसँग कुराकानी गर्दै सो कुराको दावी गरेका हुन् ।

उनले भने, ‘गठबन्धन त भइरहेकै छ नि । अहिलेकै गठबन्धन स्थानीय मात्र होइन प्रादेशिक र संघीय चुनावसम्म पनि रहन्छ ।’ पूर्वप्रधानमन्त्री समेत रहेका उनले चितवन कांग्रेसले गठबन्धन हुँदैन भने पनि केन्द्रबाटै गठबन्धन हुने उनले बताए । उनले भने, ‘चितवन कांग्रेसले भनेर केहि हुँदैन ।’

प्रचण्डको निर्वाचन क्षेत्र माडीका विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेका हुन् । स्थानीय तहको निर्वाचनको मिति घोषणा भएपछि बिहीबार पहिलो पटक चितवन पुगेका उनी शुक्रबार मात्रै काठमाडौं फर्किने छन् ।