दुर्घटना हुँदा दुई जनाको मृत्यु

तु खबर संवाददाता
२०७८ चैत्र ९, बुधबार १६:२६

काठमाडौं । काठमाडौंको चोभारमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ना १ ज ६३५४ नम्बरको टाटा सुमोले विपरित दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, मृत्यु हुनेमा समिर गिरी र अर्का एक जना नाम थर नखुलेका व्यक्ति रहेको महानगरीय प्रहरी परिसर, टेकुले जनाएको छ । दुर्घटनामा परे गम्भीर घाइते भएका उनीहरुलाई उपचारको लागि बयोधा अस्पताल पुर्याएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । उक्र घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।