मंगलबार १६ अंकले बढ्यो नेप्से
काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । सोमबार दोहोरो अंकले बढेको नेप्से परिसूचक मंगलबार १६ अंकले बढेको हो । आज नेप्से परिसूचक १६ दशमलव ४ अंकले बढेर २ हजार ६ सय ५० दशमलव ७० अंकमा पुगेको छ ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.०६ अंकले बढेको छ । ‘क’ वर्गमा २५ वटा बैंक्सहित ३६ कम्पनीहरु रहेका छन् । आज २३५ धितोपत्रका ५३ लाख २९ हजार ९९३ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम २ अर्ब ५१ करोड ८८ लाख ९४ हजार १७८ रुपैयाँ पुगेको छ ।



