प्रदेश पुरुष फुटबलको फाइनल खेल आज, मकवानपुर र ललितपुर भिड्दै
मकवानपुर । प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तरगत पुरुष फुटबलको फाइनल खेल आज हुँदैछ । प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ स्थित क्याम्पा रंगशालामा जारी पुरुष फुटबलको फाइनल खेल आज हुने भएको हो ।
प्रदेश खेलकुद परिषद् बागमती प्रदेशको आयोजनामा जारी फुटबल प्रतियोगिताको आज हुने फाइनल खेलमा मकवानपुर र ललितपुरबीच प्रतिस्प्रार्धा हुनेछ । खेल दिउँसो २ बजे सुरु हुनेछ ।
यसअघि शुक्रबार भएको समिफाइन्ल खेलमा मकवानपुरले दोलखालाई ५–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । यस्तै, शुक्रबारनै भएको पहिलो खेलमा ललितपुरले धादिङलाई ट्राइब्रेकरमा ५–३ गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो ।
