हेटौंडामा ४५ जनाले गरे रक्तदान
मकवानपुर । नेपाल तरुण दल हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ ले शनिबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । नेपाल तरुण दलका नेता स्वर्गीय प्रल्हाद चौलागाईको स्मृतिको अवसरमा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा ४५ जनाले रक्तदान गरेका थिए । तरुण दल हेटौंडा–८ का अध्यक्ष अच्युतम पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको शुभारम्भ स्वर्गीय चौलागाईकी धर्मपत्नी बिना चौलागाईले गरेकी थिइन् । उक्त रक्तदानमा हेटौंडा–८ निवासी सावित्री श्रेष्ठले दुर्लभ मानिएको ओ नेगेटिभ रगत दान गरेकी थिइन् ।

कार्यक्रममा कांग्रेस हेटौंडा–८ का सभापति भूपेन्द्र कोइराला, जिल्ला सदस्य विरोध गुरुङ, तरुण दल हेटौंडा नगर अध्यक्ष सुनिल गिरी, नगर सदस्य सरोज श्रेष्ठ, तरुण दल हेटौंडा–८ का निवर्तमान अध्यक्ष राम थापालगायतको उपस्थिती रहेको थियो ।
