मकवानपुरमा सवारी दुर्घटना, दुईको मृत्यु

तु खबर संवाददाता
२०७८ चैत्र ४, शुक्रबार १०:५६

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ६ स्थित आज बिहान यात्रुबहाक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बिहान पौने ९ बजेको समयमा हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको बा ४ ख ४४५४ नम्वरको बस दुर्घटना हुँदा दुई जना पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजकुमार सापकोटाले जानकारी दिए ।

प्रहरी निरीक्षक सापकोटाका अनुसार, मृतकको पहिचान भने खुल्न सकेको छैन । उक्त दुर्घटनामा परेर अन्य ९ जना घाइते भएका छन् । घाइतेहरुको उद्दार गरी उपचारको लागि चितवनको भरतपुर अस्पताल पठाइएको प्रहरी निरीक्षक सापकोटाल बताए । उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।