हेटौंडाको शिवम सिमेन्टमा कार्यरत मजदुरको मृत्यु

तु खबर संवाददाता
२०७८ चैत्र ३, बिहीबार १०:११
सांकेतिक तस्वीर

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १६ हटियास्थित शिवम सिमेन्ट उद्योगमा कार्यरत एक जना मजदुरको विहिबार विहान मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार अन्दाजी बर्ष २० को भारतीय नागरिक रकिब अख्तरको मृत्यु भएको हो ।

प्रहरीका अनुसार अख्तर सरसफाइको क्रममा मेसिनको फित्तामा च्यापिएर घाइते भएका थिए । उनलाई उपचारको लागि हेटौंडा अस्पताल ल्याइएकोमा विहान ८ः३० बजे अस्पतालले मृत घोषणा गरेको थियो । घटनास्थलको आवश्यक अनुसन्धान र शवको मुचुल्का उठाउने तयारी भइरहेको जनाइएको छ ।