ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

तु खबर संवाददाता
२०७८ चैत्र ३, बिहीबार ०९:०८
सांकेतिक तस्वीर

गुल्मी । गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार राति जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्वर–१ झेदीमा लु ३ त २८३३ नम्वरको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ट्याक्टर चालक इस्मा गाउँपालिका वडा नम्वर–६ निवासी ३१ वर्षीय रेशम कुमाल रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । उक्त ट्याक्टर सडकबाट करिब ३ सय मिटर तल खसेको छ । झेदीस्थित सडक निर्माणमा कार्यमा प्रयोग हुँदै आएको प्रहरीले जनाएको छ । मृतक चालकको शव पोष्टमार्टमको लागि गुल्मी अस्पतालमा ल्याइएको जनाइएको छ ।