दुर्घटनामा मोटरसाइकल चालक गम्भीर घाइते

तु खबर संवाददाता
२०७८ चैत्र २, बुधबार ०९:३४

काठमाडौं । भक्तपुरको भक्तपुर नगरपालिका–१० भत्केकोपाटीमा गएराति रोकीराखेको टिपरमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । सडक छेउमा रोकीराखेको बा ५ ख ४७६७ नम्वरको टिपरको पछाडि प्रदेश–३–०२–००२ प ८२९५ नम्वरको मोटरसाइकल ठोेक्किएर दुर्घटना हुँदा चालक घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा भक्तपुर नगरपालिका–७ इनाचो घर भई हाल भत्केकोपाटी बस्ने ४० वर्षीय सत्यनारायण उलक रहेका छन् । उनको मध्यपुर अस्पताल ठिमीमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।