प्रदेश पुरुष फुटबल : सिन्धुली र भक्तपुर क्वाटरफाइनल प्रवेश
मकवानपुर । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा भएको प्रथम खेलकुद प्रतियोगिताको पुरुष फुटबलतर्फ मंगलबार भएको खेलमा सिन्धुली र भक्तपुर विजयी भएका छन् ।
हेटौंडाको क्याम्पा रंगशालामा जारी खेल पहिलो खेल सिन्धुली र काठमाडौंबीच भएको थियो । खेलमा सिन्धुली विजयी भएको छ । पहिलो हाफमा सिन्धुलीले २ गोल गरेको थियो र खेलको दोस्रो हाफमा ४ गोल थप गर्दै ६–० गोल अन्तरले सिन्धुली क्वाटरफाइनल प्रवेश गरेको हो ।
यस्तै, दोस्रो खेलमा भक्तपुर विजयी भएको छ । रसुवालाई ६–० गोल अन्तरले भक्तपुर क्वाटरफाइनल प्रवेश गरेको हो । बुधबार (आज) दुई वटा खेल हुनेछन् । पहिलो खेल धादिङ र काभ्रेपलान्चोकबीच हुनेछ । दोस्रो खेल सिन्धुली र मकवानपुरबीच हुने खेल संयोजक कल्पना शर्माले बताए । खेल नकआउट चरणमा खेलाइएको छ ।
