हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस
काठमाडौं । सरकारले संसदको हिउँदे अधिवेशन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपतिसमक्ष संसदको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो ।
बैठकले आज राती १२ बजेबाट लागू हुनेगरी उक्त सिफारिस गरेको सूचना तथा संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । गत भदौ २३ मा सुरु भएको संसदको १० औं अधिवेशन एमालेका कारण लगातार अवरुद्ध हुँदै आएको छ । संसदको १० औं अधिवेशनबाट एमसीसी सम्झौता अनुमोदन हुनुका साथै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको छ ।
