संखुवासभा बस दुर्घटना अपडेट : मृतकको संख्या १४ जना पुग्यो
काठमाडौं । संखुवासभामा आज बिहान भएको बस दुर्घटनामा परेर मृत्यु हुनेको संख्या १४ जना पुगेको छ । सखुवासभाको मादी नगरपालिका वडा नं. ६ सातघुम्ती भन्ने स्थानमा भएको बस दुर्घटनामा परेर मृत्यु हुनेको संख्या १४ पुगेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, मृतकको सनाखत भने हुन सकेको छैन । बिहान साढे ७ बजेको समयमा दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस उक्त स्थानमा दुर्घटना भएको थियो । बस सडकबाट करिब साढे ३ सय मिटर तल खसेको थियो ।
उक्त दुर्घटनामा ५ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि सदरमुकाम चैनपुर लगिएको छ । गम्भीर घाइतेहरुलाई सुविधासम्पन्न अस्पतालमा लैजान हेलिकप्टरको व्यवस्था गर्ने तयारी भइरहेको पनि प्रहरीले जनाएको छ ।
