हेटौंडामा एक महिलाको सिक्री लुटपाट
मकवानपुर । हेटौंडामा एक महिलाको घाँटीमा लगाएको सुनको सिक्री लुटपाट भएको छ । बुधबार दिउँसो हेटौंडा उपमहानपरपालिका वडा नम्वर ५ पिप्लेकुना मास्टरचोकमा पैदली हिडिरहेकी एक महिलाको सिक्री लुटपाट भएको प्रहरीले जनाएको छ ।
दिउँसो मोटरसाइकलमा आएका दुई जनाले सिक्री लुटेर भागेको जनाइएको छ । उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
