अमेरिकाका लागि नेपाली राजदूत खत्रीले लिए शपथ

तु खबर संवाददाता
२०७८ फाल्गुन २५, बुधबार १७:१७

काठमाडौं । अमेरिकाका लागि नेपाली राजदूत प्रा. श्रीधर खत्रीले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन् । खत्रीले राष्ट्रपति भवन शीतल निवासमा एक समारोहबीच पद तथा गोपनीयताको शपथ लिएका हुन् । खत्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।

उक्त समारोहमा सञ्चार तथा सुचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत उच्च पदाधिकारीहरुको उपस्थिति थियो । यसअघि सरकारले कात्तिक १४ गते खत्रीलाई राजदूत सिफारिस गर्ने निर्णय गरेको थियो भने २५ भदौमा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको थियो । तर, अमेरिकाबाट एग्रिमो आउन समय लागेपछि राजदूत नियुक्तिमा बिलम्ब भएको थियो ।