महिला एकता सहकारीका २० सदस्य पुरस्कृत
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर २ भैसेस्थित महिला एकता बचत तथा ऋण सहकारी संस्थाले २० जना सदस्यलाई पुरस्कृत गरेको छ । सहकारीले मंगलबार ११२ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरी सहकारीमा उत्कृष्ट कारोबार गर्ने शेयर सदस्यलाई पुरस्कृत गरेको हो ।
पुरस्कृत हुनेहरुमा सानुमाया खड्का, माया सिंजाली, संगीता श्रेष्ठ, भगवती तामाङ, पवित्रा राना, प्रतिमा राना, टिकीमाया थिङ्ग, सुमिता तामाङ, कालीमाया घलान, उषा गुरुङ, मोन्दोक भोम्जन, शोभा थापा, विष्णुमाया मुक्तान, सुनमाया थोकर, सञ्जु थोकर, सीता मोक्तान, रेजिना ब्लोन, विमला थापा, साइलीमाया लामा र निर्मला थापा रहेका छन् । कार्यक्रम संस्थाका अध्यक्ष शर्मिला महतको अध्यक्षता तथा वडा नम्वर २ का वडाध्यक्ष काशीराम बज्युको प्रमुख आतिथ्यतामा भएको हो ।mak
