दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

तु खबर संवाददाता
२०७८ फाल्गुन २५, बुधबार ०८:४०
सांकेतिक तस्वीर

दाङ । दाङमा मंगलबार राति भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । लमहीबाट भालुबाङ् जाँदै गरेको रा ६ प ६८४९ नम्वरको मोटरसाइकल र भालुबाङ्देखि लमहीतर्फ आउँदै गरेको बा १० च २५८१ नम्वरको कार लमही–३ बनगाउँस्थित पेट्रोल पम्प नजिकै एकापसमा ठोक्किए दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक राप्ती गाउँपालिका–१ का २५ वर्षीय नरेन्द्र जिसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीका अनुसार, दुर्घटनामा परेर गम्भीर घाइते भएका जिसीको उपचारको क्रममा लमही अस्पतालमा मृत्यु भएको हो । मृतकको शव पोष्टमार्टमको लागि लमही अस्पतालमा राखिएको छ । दुर्घटना पश्चात कार चालक फरार रहेको र उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।