ट्रकको ठक्करबाट अटो चालकको मृत्यु

तु खबर संवाददाता
२०७८ फाल्गुन २३, सोमबार ०८:२२
सांकेतिक तस्वीर

बुटवल । कपिलवस्तुको ओदारीमा भारतीय नम्बर प्लेटको ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाणगंगा नगरपालिका–११ ओदारीमा एमपी ०८ जीए ४०६८ नम्बरको ट्रकले लु १ ह १९२३ नम्बरको अटोलाई ठक्कर दिँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा स्थानीय अटो रिक्सा चालक २६ वर्षीय अनिल गाहा मगर रहेका छन् । प्रहरीका अनुसार, ट्रकले ठककर दिँदा मगरको घटनास्थलमे मृत्यु भएको हो । आइतबार राति साढे ८ बजे भएको घटनापश्चात आक्रोशित स्थानीयवासीले पिपरा प्रहरी बिट तोड्फोडसमेत गरेका थिए । चालकलाई प्रहरीले ट्रकसहित नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।