प्रतिनिधि सभा बैठक आज बस्दै

तु खबर संवाददाता
२०७८ फाल्गुन २२, आईतवार ०९:५५
file-photo

काठमाडौं । प्रतिनिधि सभा बैठक आइतबार बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको संघीय संसद सचिवालयले जनाएको छ । आजको बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक्काइसौं वार्षिक प्रतिवेदन आव २०७७र०७८ पेस गर्ने कार्यतालिका छ । आज बिहान साढे ११ बजे संघीय संसद भवनमा कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बस्ने छ ।