मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

तु खबर संवाददाता
२०७८ फाल्गुन २१, शनिबार १७:१५
सांकेतिक तस्वीर

दाङ । प्यूठानमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्यूठान नगरपालिका–७ पूण्यखोलाका ५५ वर्षीय रणबहादुर घर्ती रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

शुक्रबार प्यूठानको विजुवारबाट बाग्दुला जादै गरेको लु ५७ प ३३४६ नम्बरको मोटरसाइलको ठक्करबाट घर्ती गम्भीर घाइते भएका थिए । घाइते उनको उपचारका लागि बुटवल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रवक्ता देबीप्रसाद गैरेले जानकारी दिए । प्रहरीका अनुसार, ठक्कर दिने मोटरसाइकललाई नियन्त्रणमा लिइएको छ ।