पेट्रोलियम पदार्थको भाउ बढ्यो
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । बिहीबार बसेको नेपाल आयल निगम संचालक समितिको बैठकले डिजल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाउने निर्णय गरेको हो ।
निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको वृद्धिले घाटाको दर ह्वात्तै बढेको भन्दै एकैपटकमा ५ रुपैयाँका दरले मूल्य बढाएको हो । अब पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ पुगेको छ भने डिजल र मटितेलको मूल्य १३३ रुपैयाँ प्रतिलिटर भएको छ ।
निगमले खाना पकाउने ग्यासको मूल्य भने बढाएको छैन । खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर ६६५.३४ रुपैयाँ घाटा भइरहे पनि नबढाउने निर्णय लिएको निगमले जनाएको छ । हवाई इन्धनको मूल्य पनि समायोजन भएको छ ।
