भोलि देशभर सार्वजनिक विदा
काठमाडौं । भोलि बिहिबार देशभर सार्वजनिक विदा हुने भएको छ । संघीय सरकारले शेर्पा समूदायको ग्याल्पो ल्होछारको अवसरमा भोलि देशभर सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
गृह मन्त्रालयले उक्त पर्वको अवसरमा विदा दिने निर्णय भएको जानकारी दिएको छ । सरकारले सबैखाले ल्होसारमा विदा दिँदै आएको छ । सरकारले यसअघि सोनाम ल्होछार र तमु ल्होछारको अवसरमा पनि सार्वजनिक विदा दिएको थियो ।
हेर्नुहोस् विज्ञप्ति ।

