मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु
वीरगञ्ज । बारामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको कोल्हबी नगरपालिका–६ अधन्वा बस्ने अन्दाजी ८३ वर्षीया भोलिया देवी थरुनी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
मंगलबार साँझ ७ बजे पैदल हिँडिरहेको बेलामा ना ६४ प ७२४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । घाइते उनलाई उपचारका लागि वीरगञ्जस्थित सुर्या अस्पतालमा ल्याइएको थियो । उनको उपचारको क्रममा राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।
ठक्कर दिने मोटरसाइकल भोलिया देवीको घरमा रहेको र मोटरसाइकल चालक बारा कोल्हबी नगरपालिका – ८ का २५ वर्षीय बशिष्ठ चौधरी वडा प्रहरी कार्यालय विर्ता, वीरगञ्जको नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
