आज नेप्से परिसूचक ४३ अंकले घट्यो
काठमाडौं । आज साताको दोस्रो दिन सोमबार शेयर बजारमा गिरावट आएको छ । आज नेप्से ४३ अंकले गिरावट आएको हो । आज नेप्से ४३ अंकले घट्दा २६१० दशमलव ६० को विन्दुमा कायम भएको छ । यसअघि आइतबार नेप्से ७.७३ अंकले घटेर २ हजार ६५३ दशमलव ७० विन्दुमा झरेको थियो ।
आज नेप्से सूचीकृत २२७ कम्पनीको ७८ लाख ३४ हजार ९ सय १५ कित्ता शेयर खरिदबिक्रि हुँदा ३ अर्ब ६६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यसअघि आइतबार नेप्सेमा सूचीकृत २२४ कम्पनीको ७० लाख ४० हजार ५६३ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २७ करोड ३० लाख ६५ हजार ९०९ रुपैयाँको कारोबार भएको थियो । शेयर बजार ओरालो लाग्दा सबै क्षेत्रको उपसूचकमा गिरावट आएको छ । आज बैंकिङ् क्षेत्रको उपसूचक सबैभन्दा धेरै घटेको छ ।



