मकवानपुरमा आइतबार २ जना कोरोना संक्रमित थपिए

तु खबर संवाददाता
२०७८ फाल्गुन १५, आईतवार १६:५९
file-photo

मकवानपुर । मकवानपुरमा थप २ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । जिल्लामा आइतबार थप २८ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, सो अवधिमा २३ जनाको पीसीआर र ५ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा कोरोना पुष्टि भएको छ ।

यससँगै मकवानपुरमा कोरोना संक्रमितको कूल संख्या १७ हजार ९३० पुगेको छ । त्यस्तै, सोही अवधिमा ४ जना कोरोना संक्रमणमुक्त भएका छन् । विभिन्न मितिमा संक्रमण पुष्टि भई होमआइसोलेशन तथा संस्थागत आइसोलेशनमा बसेका ४ जना आज संक्रमणमुक्त भएका हुन् । सो अवधिमा कोरोना संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।