कांग्रेस मकवानपुर अधिवेशनः को–को छन् आनन्द पराजुलीको प्यानलमा ?

तु खबर संवाददाता
२०७८ फाल्गुन १५, आईतवार १४:३१
file-photo

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको सभापति पदमा उम्मेदवारी घोषणा गरेका आनन्दराम पराजुलीले आफ्नो चुनावी प्यानल तयार पारेका छन् । उनको समूहबाट उपसभापतिमा रमेश गिरी र भीम लामा, सचिवमा यतिराज सापकोटा र मानबहादुर पाटा मगर तथा सह–सचिवमा मीरा स्याङ्तान र कृष्णप्रसाद दाहाल रहेका छन् ।

उनको प्यानलबाट सदस्य पदमा उम्मेदवारी दिन लागेका उम्मेदवारहरुको भने नामावली आउन बाँकी रहेको छ । कांग्रेस मकवानपुरको अधिवेशन सहमतिमा नै टुंग्याउन शीर्ष नेताहरुले प्रयास गरेका थिए । पराजुलीबाहेक सबै उम्मेदवारले हालका कार्यबाहक सभापति विष्णु लामिछानेको नेतृत्वमा पार्टीलाई अघि बढाउन तयार भएपनि पराजुलीले उम्मेदवारी कायम राखेपछि निर्वाचन हुने भएको हो ।