माओवादी केन्द्र हेटौंडा उपमहानगर कमिटीले लियो सपथ

तु खबर संवाददाता
२०७८ फाल्गुन १४, शनिबार १९:०६

मकवानपुर । नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगर कमिटिले आज हेटौंडामा पद तथा गोपनियताको सपथ लिएको छ । ८१ सदस्यीय कमिटिलाई नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य मानकुमारी नेपालीले पद तथा गोपनियताको सपथ गराएकी हुन् । सपथलगत्तै भएको नगर कमिटीको प्रथम पूर्ण बैठकले नगर अधिवेशनबाट चयन हुन बाँकी दुई उपाध्यक्ष र सचिव चयन गरेको छ । बैठकले उपाध्यक्षमा प्रदिप अर्याल र गुणराज घिमिरे शंकर र सचिवमा भुवन खनाललाई चयन गरेको हो ।

यस अघि भएको अधिवेशनबाट अध्यक्षमा तीर्थ थापा, उपाध्यक्ष सोनी गुरुङ, सह सचिव राजकुमार बानियाँ र कोषाध्यक्ष तारादेवी मोक्तान चयन भएका थिए । बैठकले २७ सदस्यीय नगर सचिवालय पनि गठन गरेको छ । सपथ ग्रहण तथा प्रथम पूर्ण बैठक नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य नेपालीको प्रमुख आतिथ्यता तथा नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटिका उपाध्यक्ष प्रेम बहादुर पुलामीको विषेश आतिथ्यतामा भएको हो । बैठकमा नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति मकवानपुरका संयोजक सर्केश घलान, सचिव भीम पाख्रिन, मकवानपुर १ नम्बर निर्वाचन क्षेत्रका इन्चार्ज ललित घलानलगायत नेताहरुको उपस्थिति रहेको थियो ।