वाइसिएलका नेता पौडेलको मृत्यु
कास्की । नेकपा माओवादी केन्द्र निकट योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) नेपालका केन्द्रीय स्वास्थ्य विभाग प्रमुख सुभाष पौडेलको मृत्यु भएको छ । पौडेलको हिजो शुक्रबार दुर्घटनामा परेर मृत्यु भएको हो ।
प्रहरीका अनुसार, उनी हिजो पुतली बजारमा वाइसिएल नेपाल स्याङ्जाको जिल्ला समितिको बैठक सकेर साँझ करिब ६ बजेतिर पोखरा फर्किँदै गर्दा भालु पहाड सडकखण्डमा दुर्घटनामा परेका थिए । घटना हिजोको भएपनि यसबारे आज मात्र थाहा भएको प्रहरीले जनाएको छ ।
मृतक पौडलको शव पोष्टमार्टमका लागि अस्पताल लैजाने तयारी गरिरहेको छ । पौडेलको शव सडकबाट डेढ सय मिटर तल चट्टानमा अड्किएको अवस्थामा फेला परेको छ भने उनी चढेका बाइक त्योभन्दा ५० मिटर तल खसेको जनाइएको छ ।
