दुर्घटनामा वडाध्यक्षको मृत्यु
सुर्खेत । सुर्खेतमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतको भेरीगंगा नगरपालिका–१ का वडाध्यक्ष नवराज कार्की रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
गत फागुन ८ गते रत्न राजमार्ग अन्तरगत भेरीगंगा नगरपालिका १२ छिन्चु बजार नजिक नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०५४६ नम्वरको फोर्स गाडीले भे ६ प ४४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा वडाध्यक्ष कार्कीको गम्भीर घाइते भएका थिए । घाइते कार्कीको काठमाडौंको न्यूरो अस्पतालमा उपचारको क्रममा शुक्रबार राति मृत्यु भएको हो । कार्की नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।
