आज ५९ अंकले घट्यो नेप्से परिसूचक, सबै उपसूचक राताम्मे
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन नेप्से परिसूचकमा गिरावट आएको छ । आज नेप्से ५८ दशमलव ९९ अंकले घट्दा २ हजार ६६१ दशमलव ४४ को विन्दुमा कायम भएको छ ।
आज २२९ सूचीकृत कम्पनीको ८४ करोड ९० लाख ६ सय ८९ कित्ता शेयर खरिदबिक्रि हुँदा ४ अर्ब २९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज नेशनल हाईड्रोपावर, नेपाल टेलिकम, जीवन विकास, अरुण भ्याली हाईड्रोपावर, हिमालयन डिस्टीलरीको सर्वाधिक कारोबार भएको छ । त्यस्तै, हिमालयन जनरल इन्स्योरेन्सको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज सबै उपसूचक राताम्म्मे भएको छ ।



