चण्डिका माविको ४३ औं वार्षिकोत्सव सम्पन्न

तु खबर संवाददाता
२०७८ फाल्गुन ११, बुधबार १७:४०

मकवानपुर । मकवानपुरगढी गाउँपालिका वडा नम्वर २ मा रहेको चण्डिका माध्यमिक विद्यालयको ४३ औं वार्षिकोत्सव कार्यक्रम बुधबार सम्पन्न भएको छ । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार गोलेको सभाध्यक्षता तथा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईंको प्रमुख आतिथ्यतामा भएको हो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कमल फुयाँलले शैक्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा परिक्षामा प्रथम, द्धितीय र तृतीय छात्रछात्रालाई पुरस्कृत गरिएको थियो भने विद्यार्थीहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष बखान सिं पाख्रीन, वडा सदस्य रामप्रसाद पुडासैनी, गाउँपालिकाका स्रोत शिक्षक दासरथी उपाध्याय, विद्यालयका पूर्व प्रअ दोर्जे लामा स्याङ्तान, वडा सदस्य पातली माया गोले  लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।