दुर्घटनामा मगरको मृत्यु

तु खबर संवाददाता
२०७८ फाल्गुन ११, बुधबार १५:४७

झापा । झापामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका–८ का १९ वर्षीय श्याम मगर रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । मंगलबार राति मे १० प २२३२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा मगर गम्भीर घाइते भएका थिए ।

घाइते मगरको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । यस्तै, सोही दुर्घटनामा परेर मेचरीनगर नगरपालिका–८ का १७ वर्षीय बलबहादुर मगर घाइते भएका छन् । प्रहरीले मेचीनगर–१० का मोटरसाइकल चालक अभिजित सिटौलालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।