स्थानीय चुनाव : निर्वाचन आयोगद्वारा ८ अर्ब १४ करोड बजेट माग

तु खबर संवाददाता
२०७८ फाल्गुन १०, मंगलवार १७:४८
file-photo

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह चुनावका लागि ८ अर्ब १४ करोड रुपैयाँ बजेट माग गरेको छ । आयोगले आगामी बैशाख ३० मा हुने स्थानीय तह चुनावका लागि उक्त रकमको बजेट माग गर्दै अर्थ मन्त्रालयलाई पत्राचार गरेको हो । आयोगका अनुसार २०७४ सालको स्थानीय तहको निर्वाचनमा वस्तुगत सहायतासमेत गरी ८ अर्ब १४ करोड खर्च भएको थियो ।

यस पटक माग गरिएको रकम गत निर्वाचनमा भन्दा करिब ८१ करोड बढी हो । ५ वर्षमा भएको मुल्यबृद्धि, करिब ३८ लाख मतदाता थप हुनु, कर्मचारीको तलबमा भएको बृद्धिलगायत कारण निर्वाचन खर्च बढ्ने देखिएको आयोगले जनाएको छ । यस्तै, अघिल्लो निर्वाचनमा मतदाता शिक्षामा करिब ८० करोड ६० लाख रूपैयाँ खर्च भएको थियो । यस पटक करिब २४ करोड १७ लाख रूपैयाँ मात्र बजेट प्रस्ताव गरिएको छ ।