बागमती प्रदेशमा ९६ प्रतिशतले लगाए कोरोनाविरुद्ध खोप

तु खबर संवाददाता
२०७८ फाल्गुन ९, सोमबार १७:१७
file-photo

मकवाननपुर । बागमती प्रदेशका ९६ प्रतिशत नागरिकले कोरोना भाइरस (कोभिड–१९) संक्रमण विरुद्धको पहिलो मात्रा खोप लागएका छन् । प्रदेशमा कोरोनाविरुद्धको खोप दिइने अभियान अन्तरगत हालसम्म ९६ प्रतिशत नागरिकले पहिलो मात्रा खोप लगाएको बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रदेशका १२ देखि १७ वर्षका ४८ प्रतिशत बालबालिकाले कोरोना संक्रमणविरुद्धको खोप लगाइसकेको र यो क्रम जारी रहेको मन्त्रालयले जनाएको छ । हेटौंडाबाट खोप अभियान सुरु भएको पहिलो मात्राको खोप प्रदेशभरिमा ४८ प्रतिशत बालबालिकालाई दिइएको छ । खोप अभियान तीव्र रुपमा संचालन गरिएको र समुदायमा नै पुगेर खोप अभियान संचालन गरिएकाले खोप लगाउनेको संख्य बृद्धि मभएको प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले जानकारी दिए ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारी रोगले मानवीय क्षतिमात्र नभई अर्थतन्त्रमा समेत क्षति पुर्याएको बताउँदै मन्त्री लामाले प्रदेश सरकार स्वास्थ्य क्षेत्रमा सुधार गर्न लागिपरेको बताए । मन्त्री लामाले मकवानपुरको दुर्गम तथा पिछडिएका क्षेत्रमा समेत आफैँ पुगेर कोरोना संक्रमणविरुद्धको खोप अभियान संचालन गरेको थिए ।