दुर्घटनामा भुसालको मृत्यु

तु खबर संवाददाता
२०७८ फाल्गुन ८, आईतवार १७:५६

रोल्पा । रोल्पामा पिकअप गाडीको ठक्करबाट एक जनाको जनाको मृत्यु भएको छ । आज बिहान लु २ च ६८८६ नम्बरको पिकअप गाडीले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । मृत्यु हुनेमा सुनिल स्मृति गाउँपालिका वडा नम्वर २ का ७७ वर्षीय लालबहादुर भुसाल रहेका छन् ।

रोल्पा प्रहरीका अनुसार , उक्त गाडीले सुनिल स्मृति ४ सुलीचौर बजारमा ठक्कर दिएर भुसाल गम्भीर घाइते भएका थिए । घाइते भुसालको स्थानीय स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्य भएको हो । प्रहरीले सुनछहरी गाउँपालिका २ का १९ वर्षीय चालक लालबहादुर बुढालाई नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।