माओवादी केन्द्र एमसीसीको विपक्षमा छ – प्रचण्ड

तु खबर संवाददाता
२०७८ फाल्गुन ८, आईतवार १७:४२
file photo

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफुहरु अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट एमसीसीको विपक्षमा रहेको बताएका छन् । आइतबार सरकारले प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबुल गरेपछि प्रचण्डले विरोध र विवादकाबीच एमसीसी टेबुल गरिएको प्रतिक्रिया दिएका छन् ।

उनले आफुहरु एमसीसीको विपक्षमा उभिने समेत बताएका छन् । प्रचण्डले एमसीसी टेबुल गर्नुहुन्न भन्दै विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गरेको दमनको पनि विरोध जनाएका छन् । तर, प्रतिनिधिसभा बैठकअघि भएको सत्ता गठबन्धनको बैठकमा भने प्रचण्डले संसद्मा एमसीसी टेबुल गर्न सहमति जनाएका थिए ।