एमसीसी पास गर्न हाम्रो समर्थन हुँदैन: माधव नेपाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना एमसीसी संसद्मा टेबुल गर्न सहमत भएपनि पास गर्न समर्थन नगर्ने बताएका छन् । सत्तारुढ चार दलका शीर्ष नेताहरुबीच भएको सहमतिअनुसार आज प्रतिनिधिसभा बैठकमा एमसीसी टेबुल भएको छ ।
संसद बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमसीसी पास गर्ने सन्दर्भमा आफुहरुले समर्थन नगर्ने प्रष्ट पारे । उनले एमसीसी अब संसद्को सम्पती भएको र पास गर्ने वा नगर्ने अधिकार सांसद्हरुलाई भएको बताए ।
