स्थापना दिवसको अवसरमा खेलकुद प्रतियोगिता

तु खबर संवाददाता
२०७८ फाल्गुन ६, शुक्रबार १७:४२

मकवानपुर । हेटौंडा क्याम्पसले दिन दौड प्रतियोगिताको आयोजना गरेको छ । क्याम्पसले आफ्नो ३२ औं स्थाना दिवसको अवसरमा आयोजित कार्यक्रमअन्तरगत आज पहिलो दिन दौड प्रतियोगिताको आयोजना गरेको छ ।

प्रतियोगितामा सागर लामा प्रथम, विवेक राना मगर द्वितीय, शेख स्याङ्तान तृतीय भएका छन् भने छात्रा दौडमा रोशनी घलान प्रथम, सुजता रेग्मी द्वितीय र अञ्चली थिङ तृतीय भएका छन् । यस्तै, आज नै भएको डोरी तान्ने प्रतियोगितामा कक्षा १२ प्रथम र बीएड तेस्रो वर्ष द्वितीय भएको हेटौंडा क्याम्पसले जनाएको छ ।

कार्यक्रम क्याम्पस प्रमुख देवचन्द्र मानन्धरको अध्यक्षता तथा क्याम्पस संचालक समितिकी अध्यक्ष मुनु सिग्देलको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा क्याम्पस सञ्चालक समितिका कोषाध्यक्ष कमानसिं पाख्रिन, सदस्य प्रदीप कोइराला, पूर्वक्याम्पस प्रमुख डा. बासु सुबेदीको आतिथ्यता रहेको थियो ।