आज नेप्सेमा सामान्य गिरावट
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन बिहिबार नेप्सेमा सामान्य गिरावट आएको छ । बुधबारको तुलनामा बिहिबार नेप्सेमा गिरावट आएको हो । अघिल्लो दिन १९ अंकले घटेको शेयर बजार आज १.९३ अंकले घटेर २ हजार ७३२.५२ विन्दुमा पुगेको छ ।
नेप्समा सूचीकृत २२७ कम्पनीको ४० लाख १७ हजार ४२९ कित्ता शेयर किनबेच हुँदा २ अर्ब २७ करोड ८१ लाख ७३ हजार ६६० रुपैयाँको कारोबार भएको छ । अघिल्लो दिनमा ३ अर्बमाथिको कारोबार भएको थियो । आज नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ५ समूह बाहेकका सबै समूह राताम्य भएका छन् ।



