बसको ठक्करबाट दुई जनाको मृत्यु

तु खबर संवाददाता
२०७८ फाल्गुन ५, बिहीबार ०९:५६

काठमाडौं । काठमाडौंको बालाजुमा आज बिहान मिनिबसको ठक्करबाट दुई जनाको मृत्यु भएके छ । बसको ठक्करबाट रसुवा घर भएका १८ वर्षीय विकास तामाङ र हाल नाम नखुलेकी अन्दाजी ५० वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

वबहान करिब ५ बजेर ५५ मिनेटको समयमा बालाजुस्थित गंगा हल अगाडि बाटो काट्ने क्रममा बसले ठक्कदार दिँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, ठक्कले दिने बसको नम्बर खुल्न सकेको छैन । उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत बालाजुले जनाएको छ ।