इमर्जिङ्ग नेपालकोे आइपिओ बाँडफाड, यी चार वटा साइटबाट हेर्न सकिने

तु खबर संवाददाता
२०७८ फाल्गुन ४, बुधबार १७:०२
file-photo

काठमाडौं । इमर्जिङ्ग नेपालकोे आइपीओको बाँडफाड भएको छ । कम्पनीको आइपीओ बुधबार दिउँसो बाँडफाड सम्पन्न  भएको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटले जानकारी दिएको छ ।

बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार, उक्त आईपीओको नतिजा विभिन्न चार वटा वेइभसाइटबाट हेर्नु सकिनेछ । आइपीओको नतिजा कम्पनीको वेबसाइट https://emergingnep.com/, बिक्री प्रबन्धकको वेबसाइट https://www.nicasiacapital.com/ipo-result, सिडीएससीको मेरो शेयर http://meroshare.cdsc.com.np/ र सिडीएसको नयाँ वेबसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।

कम्पनीले गत माघ २६ गते प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता म्युचुअल फण्डका लागि छुट्ट्याएर बाँकी रहेको ५ लाख १६ हजार ७०८ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुल्ला गरेको थियो ।