एमसीसीबारे निर्णय लिन माओवादीले बोलायो संसदीय दलको बैठक
काठमाडौँ । माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा धारणा बनाउन संसदीय दलको बैठक बोलाएको छ । बुधबार विहान १० बजेको लागि बैठक बोलाइएको माओवादीका प्रमुख सचेतक देव गुरुङले सञ्चारकर्मीहरुलाई जानकारी दिएका छन् ।
संसदीय दलको बैठकमा भएको निर्णयअनुसार कार्यव्यवस्था परामर्श समितिको बैठकमा पार्टीको धारणा राख्ने उनले बताए । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक भोलि विहान साडे ११ बजे बोलाइएको छ । मंगलबार बसेको सत्तारुढ दल नेपाली कांग्रेसले एमसीसी संसदमा पेश गर्न आग्रह गरेको छ । उसले एमसीसीका पक्षमा उभिने निर्णय गरेको छ । लगत्तै माओवादी केन्द्रले पनि संसदीय दलको बैठक बोलाएको हो ।
